बैङ्क र भुक्तानी विकल्पहरू/मेरो भिसा शुल्क भुक्तानी

यो पृष्ठमा:


सिंहावलोकन

बालबालिकाहरू लगायत अधिकांश आवेदकहरूले आफ्नो अमेरिकी भिसा आवेदन प्रक्रिया सुरु गर्नको लागि मेसिन रिडेबल भिसा (MRV) शुल्क भुक्तान गर्न आवश्यक छ । अमेरिकी सरकारद्वारा अनिवार्य बनाइएको यो शुल्क, भिसा प्रक्रियालाई अगाडि बढाउनको लागि भुक्तान गरिने शुल्क हो, जसलाई भिसा जारी गरिए पनि वा नगरिए पनि भुक्तान गरिनुपर्छ ।

MRV शुल्क फिर्ता हुनेछैन र यसलाई अर्को व्यक्तिमा हस्तान्तरण गर्न सकिँदैन । आवेदनहरू पेश गर्नुभन्दा अगाडि आवेदकहरूले पहिला अमेरिका जानको लागि आफूलाई भिसा आवश्यक छ कि छैन भन्ने कुरा निर्धारण गर्नुपर्छ ।

भिसाको आवश्यकता नपर्ने व्यक्तिका उदाहरणहरूम निम्न पर्दछन्, तर तिनीहरू यसमा मात्र सीमित छैनन्:

  • यदि तपाईँ औपचारिक भ्रमणको लागि A वा G भिसा को लागि आवेदन दिँदै हुनुहुन्छ भने तपाईँले MRV शुल्क भुक्तान गर्न आवश्यक छैन
  • यदि तपाईँ अमेरिकी सरकारद्वारा प्रायोजित कार्यक्रम (G-1, G-2, G-3, G-7 बाट सुरु हुने कार्यक्रमहरू) मा सहभागी हुनको लागि J भिसाको लागि आवेदन दिँदै हुनुहुन्छ भने तपाईँले MRV शुल्क भुक्तान गर्न आवश्यक छैन
  • यदि तपाईँसँग आफ्नो भ्रमणको प्रयोजनको लागि चाहिने वैध भिसा पहिलेदेखि नै छ भने तपाईँलाई भिसा आवश्यक नहुन सक्छ
  • यदि तपाईँ क्यानडा वा बर्मुडाको नागरिक (तर A, E, G, K वा V भिसा वर्गको लागि आवेदन दिने बाहेक) हुनुहुन्छ भने तपाईँलाई भिसा आवश्यक नहुन सक्छ

यदि तपाईँले भिसाको लागि आवेदन दिन आवश्यक छ भने कृपया तलका भुक्तानी निर्देशनहरूको पालना गर्नुहोस् । आवेदकहरूले आफ्नो अन्तर्वार्ताको लागि अपोइन्टमेन्ट निर्धारित गर्नुभन्दा अगाडि सफलतापूर्वक भुक्तानी गर्नुपर्छ । आफ्नो भिसा प्रकारको लागि सही शुल्क भुक्तान नगर्ने आवेदकहरूलाई अन्तर्वार्ता निर्धारण गर्नबाट रोक लगाइन सक्छ ।

एक पटक अन्तर्वार्ता निर्धारित गरिसकेपछि, आवेदकहरूले आफ्नो अन्तर्वार्ता मिति पुन: निर्धारण गर्न सिमित पटक मात्र पाउनेछन् । यसरी धेरै पटक पुन: निर्धारण गरेको अन्तर्वार्तामा, समयमा पुग्न सक्नुभएन भने अर्को अन्तर्वार्ता निर्धारण गर्नको लागि तपाईँले पुन: MRV शुल्क भुक्तान गर्न आवश्यक पर्ने हुन सक्छ । तपाईँले अतिरिक्त भिसा आवेदन शुल्क भुक्तान गर्न नपरोस् भन्नको लागि कृपया त्यसै अनुसार योजना बनाउनुहोस् । एक पटक भुक्तान गरिसक्नु भएको भिसा आवेदन शुल्क फिर्ता हुने छैन ।

जारी शुल्क (रेसिप्रोसिटी शुल्क)

तपाईंको राष्ट्रियता र तपाईँले आवेदन गर्नु भएको भिसा प्रकारको आधारमा, तपाईलाई भिसा जारी वा "रेसिप्रोसिटी " शुल्क तिर्नु पर्ने हुनसक्छ। यो शुल्क MRV शुल्क होइन र यसलाई भिसा अन्तर्वाता निर्धारण गर्न प्रयोग गर्न सकिँदैन। यदि तपाईँले आफ्नो भिसा नवीकरण भिसा अन्तर्वाता छूट कार्यक्रम मार्फत गर्दै हुनुहुन्छ भने कृपया सुनिश्चित गर्नुहोस् कि तपाईले रेसिप्रोसिटी शुल्कको अग्रिम भुक्तानी गर्नु भएको छ । यदि तपाईं आफ्नो भिसा अन्तर्वाता मिति निर्धारण गर्दै हुनुहुन्छ भने, अग्रिम शुल्क तिर्नु पर्दैन, र रेसिप्रोसिटी शुल्क कन्सुलर सेक्शनमा भिसा अन्तर्वाता को समयमा नै भुक्तान गर्न सकिन्छ।

रेसिप्रोसिटी शुल्क लागु हुने बारेमा थाहा पाउन कृपया यो पृष्ठमा हेर्नुहोस् ।

तपाईँको भिसा शुल्क भुक्तान गर्नको लागि निर्देशनहरू

MRV भिसा शुल्क तिर्ने धेरै माध्यमहरू छन् – उक्त शुल्क तिर्नका लागि NIMB ATM बैंकको काउन्टर, NIMB को ATM वा connectIPS  ई–भुक्तानी प्रणाली मार्फत तिर्न सकिनेछ । यी प्रत्येक माध्यामबाट हाम्रो अनलाइन प्रणालीमा नै रकम जम्मा हुन्छ । छिटो र छरीतो तरिकाले रकम भुक्तानीका लागि यहाँ एउटा प्रोफाइल बनाउनुहोस र अपोइन्टमेन्ट सेड्यूलका लागि दिइएको विकल्प छान्नुहोस् । स्क्रीनमा तपाइँले भुक्तानीका विकल्पहरु र कसरी भुक्तानी सुरु गर्नेबारे थप विवरण पाउनुहुनेछ।

नोट: तपाइँको रसीद सक्रिय हुन भुक्तानी गरे देखि 1 कार्य दिनको समय लिन सक्छ। यदि तपाइँ समूहिक भुक्तानी गर्दै हुनुहुन्छ भने "ग्रुप अपॉइंटमेंट" पृष्ठमा जानुहोस्।

तलका चरणहरु हेर्नुहोस्।

चरण 1

हाम्रो अनलाइन आवेदन प्रणालीमा लग-इन गर्नुहोस् र एउटा प्रोफाइल बनाउनुहोस् । यसले सही रकम भुक्तान गरिएको र सो समयमै रसिद सक्रिय भएको सुनिश्चित गर्छ ।

चरण 2

तपाईँको स्क्रिनको बायाँपट्टी रहेको "मेरो अपोइन्टमेन्ट निर्धारण" विकल्पमा क्लिक गर्नुहोस् । भिसा प्रकार, पोस्ट, भिसा वर्ग र भिसा क्लासका चरणहरूलाई पूरा गर्नुहोस् ।

चरण 3

भुक्तानी स्क्रिनमा पुगेपछि भुक्तानीका विकल्पहरूमा क्लिक गर्नुहोस् । तपाईंले आफ्नो CGI को फारम भरेपछि प्राप्त हुने स्लीप प्रिन्ट वा डाउनलोड गर्नुहोस । त्यो स्लीप भिजा फि तिर्ने बेलामा आवश्यक पर्दछ । NIMB को जुनसुकै शाखाको काउन्टरबाट वा  connectIPS  ई–भुक्तानी प्रणाली मार्फत रकम जम्मा गर्दा यो स्लीप आवस्यक पर्दछ । डिपोजिट स्लिपको धेरै प्रतिहरू प्रिन्ट नगर्नुहोस् । यदि तपाइँ आफ्नो परिवार वा समूहको लागि एकभन्दा बढी भिसाको लागि आवेदन गर्दै हुनुहुन्छ भने पनि एउटै भुक्तानीले काम पर्दछ।

नेपाली रुपैँयामा दिइएको रकम संयुक्त राज्य अमेरिका विभाग द्वारा निर्धारित कन्सलर मुद्रा विनिमय दरमा आधारित छ। आफ्नो भिसा प्रकारको लागि सही शुल्क भुक्तान नगर्ने आवेदकहरूलाई अन्तर्वार्ता निर्धारण गर्नबाट रोक लगाइन सकिने छ ।

चरण 4

भिसा शुल्क भुक्तानी गर्नुहोस् । जब तपाईं भिसा शुल्क तिर्नुहुन्छ, तपाईं स्वीकार गर्नुहुन्छ कि यो फिर्ता नहुने रकम हो जुन आवेदन प्रक्रियाको लागि आवश्यक पर्छ। न त यसले आवेदकसँग सम्झौताको अस्तित्वलाई सूचित गर्छ, न त यसले आवेदन सफल भएको पुष्टि गर्दछ। आवेदनको परिणाम जे भए पनि, भुक्तान गरिसकेको शुल्क फिर्ता हुने छैन ।

चरण 5

बैंक भौचर वा connectIPS मार्फत ईएफटी भुक्तानी पछि प्राप्त हुने रसिद डाउनलोड गरी सुरक्षित राख्र्नुहोस् । रसिद हराउनु भएको खण्डमा प्रतिलिपि पाइने छैन। भिसा अपोइन्टमेन्ट तय गर्न तपाईंलाई नगद भुक्तानीको रसिद नम्बर वा ईएफटी भुक्तानीको CGI फारम नम्बर आबस्यक पर्दछ।

चरण 6

तपाईंले भिसा शुल्क तिर्नुभएको भोलीपल्ट बिहान ११:०० बजे पछि आफ्नो अन्तर्वार्ता मिति तय गर्न सक्नुहुन्छ। तपाईंको प्रोफाइलमा लग-इन गर्नुहोस् र रसिद नम्बरको साथ तपाईंको भिसा अन्तर्वाता मिति नियुक्ति चरणहरू पूरा गर्नुहोस् ।

शुल्क भुक्तान गर्ने विकल्पहरु

नेपाल इन्भेष्टमेन्ट बैङ्कमा नगद भुक्तानी

तपाईँले आफ्नो गैर-आप्रवासी भिसा आवेदन शुल्क, नगद रुपैयाँमा  नेपाल इन्भेष्टमेन्ट बैङ्कको कुनै पनि शाखाबाट भुक्तान गर्न सक्नुहुनेछ । चेकद्वारा भुक्तानी हुने छैन । भुक्तानी गर्दा पहिचानका लागि तपाइँले आफ्नो राहदानी सँगै लिएर आउनु पर्नेछ।

  • आफ्नो शुल्क भुक्तान गर्न तपाईँले आफ्नो प्रोफाइलमा लग-इन गरेपछि उपलब्ध हुने "CASH PAYMENT OF US VISA FEES" पृष्ठ प्रिन्ट गरेर, आफ्नो साथमा लग्नुहोस् । एउटै "CASH PAYMENT OF US VISA FEES" पृष्ठको एकभन्दा बढि प्रति प्रिन्ट नगर्नु होला । यदि तपाईँले यो पृष्ठ भुक्तानी गर्ने दिनभन्दा अगाडि नै प्रिन्ट गर्नुभएको भए कृपया यसमा रहेको अन्तिम म्याद हेर्नुहोस् । यदि तपाईँले भुक्तानी गर्नुभन्दा अगाडि नै यसको म्याद सकिएको भएमा, पुन: वेबसाइटमा गइ आफ्नो प्रोफाइलमा लग-इन गरेर फेरि नयाँ "CASH PAYMENT OF US VISA FEES" पृष्ठ प्रिन्ट गर्नुहोस् । नेपाल इन्भेष्टमेन्ट बैङ्कले म्याद सकिएको "CASH PAYMENT OF US VISA FEES" पृष्ठको आधारमा भुक्तानीहरू स्वीकार्ने छैन ।
  • बैंकमा भिसा शुल्क तिर्न "CASH PAYMENT OF US VISA FEES" पृष्ठ आफ्नो साथमा लिएर जानुहोस् । चेकद्वारा भुक्तानी हुने छैन । भुक्तानी गर्दा पहिचानका लागि तपाइँले आफ्नो राहदानी सँगै लिएर आउनु पर्नेछ ।
  • तपाईंले "CASH PAYMENT OF US VISA FEES"  पृष्ठमा दिइएको रकम अनुसार भुक्तान गर्नु भएको निश्चित गर्नुहोस्। तपाईँको भुक्तानी प्राप्त गरिसकेपछि, नेपाल इन्भेष्टमेन्ट बैङ्कले तपाईँलाई एउटा रसिद जारी गर्नेछ । यस पृष्ठ मा विभिन्न भिसा आवेदन शुल्कहरूको बारेमा थप जानकारी दिइएको छ । तपाईंको रेकर्डको लागि बैंक रसिद सुरक्षित राख्नुहोस् । रसिद हराउनु भएको खण्डमा प्रतिस्थापना हुने छैन । भिसा अन्तर्वाताको मिति तय गर्न तपाईँलाई बैंक रसिदमा भएको रसिद नम्बरको आवश्यकता पर्नेछ
एटीएम (ATM) - नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कार्ड धारकहरुको लागि

तपाईं नेपालभरी NIMB को 79 ATM मध्ये कुनै एक ATM बाट NIMB को ATM कार्ड प्रयोग गरी आफ्नो गैर-आप्रवासी (NIV) भिसा आवेदन शुल्क तिर्न सक्नुहुन्छ। ATM बाट भुक्तानी गर्नु अघि, तपाईंले हाम्रो अनलाइन प्रणाली मा प्रोफाइल सिर्जना गरी "CASH PAYMENT OF US VISA FEES" पृष्ठ प्रिंट गर्नु पर्नेछ। ATM मा आफ्नो कार्ड विवरण राख्नु भए पछि, 'अन्य सेवा' विकल्प भित्र 'बिल भुक्तानी' विकल्प चयन गर्नुपर्छ। यो विकल्प रोजेपछि, तपाईंले भुक्तनी विकल्पमा 'अमेरिकी भिसा शुल्क' रोज्नुपर्छ जहाँ तपाइँले ref नम्बर प्रवेश गर्नु पर्ने हुन्छ। Ref नम्बरको स्थानमा CGI ref नम्बर प्रवेश गरे पछि आवेदकले सही भिसा शुल्क राशि प्रवेश गर्न आवश्यक हुनेछ। "CASH PAYMENT OF US VISA FEES" पृष्ठमा उल्लेखित सही रकम मात्र प्रवेश गर्नु होला। सफल भुक्तानी पछि तपाईंले रसीद प्राप्त गर्नु हुनेछ जून तपाईंले राख्नु पर्नेछ र अनलाइन वा सेवा केन्द्र मार्फत आफ्नो भिसा अन्तर्वाता मिति लिने प्रक्रिया पूरा गर्न प्रयोग गर्नु हुनेछ।

connectIPS  मार्फत इलेक्ट्रोनिक फन्ड ट्रान्सफर -ईएफटी) भुक्तानी
तपाईंले सुविधाजनक अनलाइन भुक्तानी प्रणाली प्रयोग गरेर आफ्नो MRV शुल्क तिर्न सक्नुहुन्छ । गैरआप्रवासी भिसा आवेदन शुल्क पनि connectIPS ई–भुक्तानी प्रणाली मार्फत तिर्न सकिनेछ, यदि तपाईको निम्न उल्लेखित बैंकहरूमा खाता यहाँ छ भने–

  • नेपालमा कम्तिमा एउटा बैंकमा रहेको खाता लिङ्क गरिएको  connectIPS को आईडी र पासवर्ड प्रयोग गरी connectIPS ई–भुक्तानी प्रणालीमा लग इन गर्नुहोस् ।
  • “यू.एस. भिसा शुल्क भुक्तानी” -क्रेडिटर्स भुक्तानी खण्ड अन्तर्गत ड्यासबोर्ड मेनुमा चयन गर्नुहोस्_
  • आफ्नो बैंक खाता नम्बर राख्नुहोस्
  • तलका विवरणहरू भर्नुहोस्
    • CGI reference number -ईएफटी जम्मा स्लिपमा उल्लेख गरिए अनुसार_
    • आवेदकको नाम
    • आवेदकको राहदानी नम्बर
    • म्याद सकिने मिति -ईएफटी जम्मा स्लिपमा उल्लेख गरिए अनुसार)
  • आवश्यक जानकारी भरेपछि भुक्तानी अप्सनमा क्लिक गर्नुहोस् ।
  • बैंकले पठाएको ट्रान्ज्याक्सनको पासवोर्ड र OTP राख्नुहोस् त्यसपछी लगत्तै भुक्तानी भए नभएको जानकारी सहितको रसिद प्राप्त गर्नुहुनेछ । कृपया रसिद डाउनलोड गरी भिसा शुल्क भुक्तानीका लागि सुरक्षित राख्नुहोस ।

भुक्तानी पछि आन्तर्वार्ता निर्धारण

तपाईँ, अन्तर्वाता मिति आफैँ अनलाइन लिनु हुन्छ वा सेवा केन्द्र(call center) मार्फत लिनु हुन्छ, तपाईँलाई बैंक रसिद नम्बरको आवश्कता पर्ने छ । तल दिइएको उदाहरणमा रातो घेरामा हेर्नुहोस् ।

Bank Reciept

भिसा आवेदन शुल्क भुक्तानी प्रक्रिया समयतालिका – नगद, एटीएम -ATM,  NIMB बैंक वा connectIPS  ईएफटी मार्फत

भुक्तानीको समय अन्तर्वार्ता निर्धारण
स्थानीय समय अनुसार बेलुकी 5 बजे अघि भुक्तानी गर्नुहुन्छ भने

भोलीपल्ट बिहान ११ बजे स्थानीय समय अनुसार

उदाहरण: यदि तपाइँ सोमबार बेलुका 5 बजे भन्दा पहिले भुक्तान गर्नुहुन्छ भने, तपाइँको रसिद मंगलबार बिहान ११ बजे पछि सक्रिय हुनेछ।

स्थानीय समय अनुसार बेलुकी 5 बजे पघि भुक्तानी गर्नुहुन्छ भने

भोलीपल्ट+1(2 दिन पछि) बिहान ११ बजे स्थानीय समय अनुसार

उदाहरण: यदि तपाइँ सोमबार बेलुका 5 बजे पछि भुक्तान गर्नुहुन्छ भने, तपाइँको रसिद बुधबार बिहान ११ बजे पछि सक्रिय हुनेछ।