कृपया नोट गर्नुहोस् कि MRV शुल्क वृद्धिको मिति जुन १७, २०२३ को लागि परिवर्तन गरिएको छ। नयाँ भिसा शुल्क भुक्तानी गर्ने सेवाहरू जुन १६, २०२३ मा निलम्बन गरिनेछ। जुन १६, २०२३ मा भिसा शुल्क भुक्तानी गर्ने प्रयास नगर्नुहोस्। भिसा शुल्क भुक्तानीका सेवाहरू जुन १७, २०२३ मा उपलब्ध हुनेछन्। थप रूपमा, यस साइटमा उल्लेख गरिएको भिसा शुल्क जानकारी अद्यावधिक गराउन् ढिलो हुन सक्छ।
अमेरिकी विदेश विभागले केही गैर आप्रवासी भिसा (NIV) आवेदन प्रक्रिया शुल्क बढाएको छ। यी शुल्क दरहरू जुन १७, २०२३ देखि लागू हुने छ।
- व्यापार वा पर्यटन (B1/B2) आगन्तुक भिसा, र अन्य नन् पेटिसनमा आधारित गैर आप्रवासी भिसाहरू, जस्तै विद्यार्थी र एक्स्चेन्ज आगन्तुक (F,M,J) भिसाको लागि आवेदन शुल्क, $ १६० बाट $१८५ मा बढेको छ।
- अस्थायी कामदारहरू (H, L, O, P, Q, र R श्रेणीहरू) को लागि निश्चित पेटिसन मा आधारित गैर आप्रवासी भिसाहरूको लागि आवेदन शुल्क $ १९० बाट $ २०५ मा बढेको छ।
- एक सन्धि व्यापारीहरू, सन्धि लगानी कर्ता र एक विशेष पेशा (E श्रेणी) का सन्धि आवेदकहरूको लागि आवेदन शुल्क $२०५ बाट $३१५ मा बढेको छ।
सबै अमेरिकी भिसा आवेदकहरूको लागि, मई १, २०२३ देखि, प्रिमियम डेलिभरी शुल्क लाइ संशोधन गरी ने.रु. ६०० -प्रति राहदानी/कागजात गरिने छ, जुन NIMB को प्रिमियम डेलिभरी क्यास काउन्टरमा नगदमा भुक्तान गर्न सकिन्छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइटलाई सन्दर्भ गर्नुहोस्।
भिसा अन्तर्वाता को मिति तपाईँको I-20 फारममा लेखिएको शैक्षिक कार्यक्रम शुरु हुनु भन्दा ३६५ दिन भित्र तय गर्न सकिन्छ । यदि तपाइँको भिसा स्वीकृत भएमा, तपाइँको I-20 फारम मा लेखिएको मिति भन्दा ३० दिन अगाड़ी संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न सक्नुहुन्न। संयुक्त राज्य अमेरिकामा तपाइँको प्रारम्भिक प्रवेश तपाइँको भिसामा उल्लेखित विद्यालयमा उपस्थित हुनकै लागि हुनुपर्नेछ। भिसामा उल्लेख भएको बाहेकको विद्यालयबाट I-20 फारम लिएर कुनै प्रारम्भिक प्रवेश गर्न खोज्छ वा अर्को संस्थामा जाने अभिप्राय संकेत गर्छ भने उसलाई पोर्ट अफ एन्ट्री (POE) मा अध्यागमन निरीक्षकले प्रवेश निषेचित गर्न सक्छ ।
१ अक्टोबर, २०२२ मा वा पछि गरिएका सबै गैरआप्रवासी भिसा आवेदन शुल्कहरू (MRV शुल्क पनि भनिन्छ), MRV शुल्कको भुक्तानीको लागि जारी भएको रसिद मितिदेखि ३६५ दिनसम्म मान्य हुन्छन्। आवेदकहरूले यो ३६५ दिनको अवधिमा अन्तर्वार्ता नियुक्ति अनुसूचित गर्नुपर्छ वा अन्तर्वार्ता छूट आवेदन पेश गर्नुपर्छ। कृपया ध्यान दिनुहोस् कि आवेदकहरूले केवल ३६५ दिनको अवधि भित्र आफ्नो अन्तर्वार्ताको नियुक्ति बनाउनु पर्छ वा आफ्नो छूट आवेदन पेश गर्नुपर्छ। ३६५ दिनको अवधिमा अन्तर्वार्ता हुनु पर्ने कुनै आवश्यकता छैन। अक्टोबर १, २०२२ अघि जारी गरिएको MRV शुल्कहरूको भुक्तानीका लागि सबै रसिदहरू सेप्टेम्बर ३०, २०२३ सम्म विस्तार गरिएको थियो, र यो मिति सम्म मान्य रहनेछ।
नेपालमा रहेका आवेदकहरूले अब connectIPS ई–पेमेन्ट प्रणाली प्रयोग गरी इलेक्ट्रोनिक फन्ड ट्रान्सफर -ईएफटी_ भुक्तानी माध्यम मार्फत मेसिन रिडेबल भिसा -एमआरभी_ शुल्क तिर्न सक्नेछन् । यद्यपि शुल्कहरू अमेरिकी डलरमा उल्लेख गरिएको भएपनि नेपाली रुपैयाँमा (NPR) भुक्तानी गर्न सकिनेछ । (EFT) शुल्क तिर्नको लागि कुनै पनि डेबिट ÷ क्रेडिट कार्डहरू स्वीकार गरिने छैनन\ । थप जानकारीको लागि, कृपया यो लिङ्कमा जानुहोस् ।
नेपालस्थित अमेरीकी दूतावासले भिसा सेवा विस्तार गरेको छ । सीमित संख्यामा आप्रवासी भिसा अपोइन्टमेन्टहरु तय भइरहेका छन् जसमा अमेरीकी नागरिकका नजिकका आफन्तहरु र मंगेतरहरु, कानूनी स्थायी बासिन्दाहरु(LPRs) , फर्कने बासिन्दाहरु र क्षमताले अनुमति दिएका अन्यहरु समावेश छन् । गैर आप्रवासी भिसा आवेदनहरु निम्नानुसार प्रकियामा छन् F, M, र J वर्गहरु, निवेदनमा आधारित कार्य भिसा, अन्तर्वार्ता विना जारी वा नविकरण गर्न सकिने केहि भिसा वर्गहरु, कूटनीतिक र आधिकारीक भिसाहरु, हवाई र समुद्री चालक दलका सदस्यहरूका लागि C1/D अपोइन्टमेन्टहरू, सीमित B1/B2 अपोइन्टमेन्टहरू, अन्तर्वार्ता बिना जारी वा नवीकरण गर्न सकिने निश्चित भिसा कोटीहरू, कूटनीतिक र आधिकारिक भिसाहरू, र अन्य गैरआप्रवासी भिसाहरू आपतकालीन अवस्थामा वा क्षमताले अनुमति दिन्छ।संयुक्त राज्य अमेरीका दूतावासले व्यवहारीक रुपमा चाँडो नै केसहरुको प्रक्रिया गर्ने लक्ष राखेतापनि, त्यहाँ पर्याप्त व्याकलगहरुको कारणले गर्दा त्यस्ता सेवाहरु पूरा गर्नका लागि बढि समय कुर्नुपर्ने संभावना हुन सक्छ । MRV शुल्क सेप्टेम्बर ३०, २०२३ सम्म मान्य हुन्छ र सोहि अवधिभित्र जुन देशमा खरिद गरिएको हो त्यही अन्तर्वार्ता भेटको समय तालिका मिलाउन प्रयोग गर्न सकिन्छ । यदि तपाईंलाई अत्यन्त जरुरी छ र तुरुन्तै यात्रा गर्न आवश्यक छ भने, कृपया आपतकालिन अन्र्तर्वाता भेटको लागि https://www.ustraveldocs.com/np_el/np-niv-expeditedappointment.asp मा दिइएको निर्देशन अनुसरण गर्नुहोस् ।कृपया ध्यान दिनुहोस् कि हामी यस समयमा F-1 शीघ्र अनुरोधहरु स्वीकार वा विचार गरिरहेका छैनौ ।
कन्सुलर बिनिमयदर नियमित चलिआएको दरको आधारमा संशोधन गरिन्छ । भुक्तानी गर्नु अघि कृपया आफ्नो डिपोजीट पृष्टमा देखिएको भिसा शुल्क हालको भिसा शुल्क पृष्टको क्युलर बिनिमयदरसँग मेल खाए वा नखाएको हेर्नुहोस् ।

नेपालका लागि अमेरिकी भिसा सूचना सेवामा स्वागत छ। यस साइटमा अमेरिकी आप्रवासी र गैर आप्रवासी भिसा बारे तथा भिसा आवेदन सम्बन्धि आवश्यक जानकारी उपलब्ध छ। तपाईँले आफ्नो भिसा शुल्क कसरी तिर्ने र अमेरिकी दूतावास काठमाडौं, नेपालमा भिसा अन्तर्वाताका लागि मिति तय गर्ने सम्बन्धि जानकारी पनि पाउनु हुनेछ।
यो नेपालमा अमेरिकी मिशन को आधिकारिक भिषा जानकारी वेबसाइट हो।
गैर-आप्रवासी भिसासम्बन्धी जानकारी
- भिसा प्रकार
- भिसा शुल्क
- बैङ्क र भुक्तानी विकल्पहरू/मेरो भिसा शुल्क भुक्तानी
- फारम DS-160 सम्बन्धी जानकारी
- पर्खाईको समय
- फोटाहरु र औंलाछापहरू
- भिसा छूट कार्यक्रम
- सुरक्षा नियम
गैर आप्रवासी भिसा आवेदन
- भिसाको लागि आवेदन
- बैङ्क र भुक्तानी विकल्पहरू/मेरो भिसा शुल्क भुक्तानी
- मेरो DS-160 पूरा गर्न
- मेरो अपोइन्टमेन्ट निर्धारण
- मेरो पासपोर्ट ट्रयाक गर्नुहोस्
- शीघ्र अपोइन्टमेन्टका लागि आवेदन गर्नुहोस्
- अन्तर्वार्ता छुट र भिसा नवीकरण
- आईएनए २२१ (जी) अन्तर्गत अस्वीकृत आवेदन
आप्रवासी भिसा जानकारी
- आप्रवासी भिसा जानकारी
- K-भिसा आवेदक
- एक्स्पडाइटेड (द्रुत) र मेडिकल होल्ड केसहरू
- स्वास्थ्यकर्मी र रोजगारीमा आधारित आप्रवासी भिसा
- मेरो आप्रवासी / डाइभर्सिटी भिसा अपोइन्टमेन्ट पुन निर्धारण गर्न
- मेरो आप्रवासी भिसाको याचिका(पेटिशन) अवस्था जाँच गर्न
- आप्रवासी भिसा पर्खिने समय
- मेरो पासपोर्ट ट्रयाक गर्नुहोस्
- आईएनए २२१ (जी) अन्तर्गत अस्वीकृत आवेदन
स्थानीय भिसा कार्यक्रममा
- यात्रा संयोजक
- समूह अपॉइंटमेंट नियुक्ति
- कूटनीतिक तथा सरकारी अधिकारीहरू
- १४ वर्ष मुनिका वा ८० वर्ष वा सो भन्दा माथिका आवेदकहरूको लागि भिसा