हामीलाई सम्पर्क गर्नुहोस्
यो पृष्ठमा:
- कार्यालय खुला रहने समय
- तपाईँको भिसाको स्टेटस चेक गर्नुहोस्
- तपाईँको राहदानीको स्टेटस चेक गर्नुहोस्
- सम्पर्क विवरण
- जालसाजी रिपोर्ट
कार्यालय खुला रहने समय
अङ्ग्रेजी र नेपाली भाषी ग्राहक सेवा एजेन्टहरू स्थानीय नेपाली समय अनुसार बिहान 9:00 बजेदेखि बेलुकी 5:00 बजेसम्म र संयुक्त राज्य अमेरिकामा Eastern Standard Time अनुसार बिहान 9:00 बजेदेखि बेलुकी 5:00 बजेसम्म तपाईँलाई सहयोग गर्न तयार छन् । अमेरिकी दूतावासको छुट्टी अनुसार कल सेन्टर सप्ताहन्तमा र नेपाली राष्ट्रिय बिदाका दिनमा बन्द हुनेछ ।
तपाईँको भिसाको स्टेटस चेक गर्नुहोस्
तपाईँले कुनै पनि समयमा तल दिइएको वेबसाइट मा आफ्नो आवेदनको स्टेटस चेक गर्न सक्नुहुन्छ ।
तपाईँको राहदानीको स्टेटस चेक गर्नुहोस्
तुरुन्त: स्टेटस चेक गर्नको लागि आफ्नो राहदानीनंम्बर राख्नुहोस्।
इमेल: तपाईँले passportstatus@ustraveldocs.com मा ईमेल पठाउनुहोस् र ईमेलको विषय र/वा मुख्य भागमा जुन राहदानीनम्बर प्रयोग गरी अन्तर्वाता निर्धारित गरिएको थियो त्यही राहदानीनम्बर जस्ताको तस्तै लेखी पठाउनुहोला । त्यस बाहेक कुनै पनि थप सन्देश वा सामग्री समावेश नगर्नुहोला । तपाईँको स्टेटससम्बन्धी अटोम्याटिक जवाफ प्राप्त हुनेछ।
सम्पर्क विवरण
यदि तपाईँलाई भिसा आवेदनसम्बन्धी सहयोग चाहिएमा वा तपाईँ संयुक्त राज्य अमेरिकामा भ्रमण गर्नका लागि भिसा प्राप्त गर्नेसम्बन्धी थप जानकारी लिन चाहनुभएमा तल दिइएको सम्पर्क विवरण मार्फत हामीलाई सम्पर्क गर्नुहोला । भिसा आवेदन सेवा कल सेन्टर एजेन्टले इमेल, टेलिफोन वा च्याट मार्फत तपाईँलाई सहयोग गर्न सक्छन् ।
इमेल: इमेल मार्फत ग्राहक सेवा प्रतिनिधिलाई सम्पर्क गर्न support-nepal@ustraveldocs.com मा ईमेल पठाउनुहोस् ।
टेलिफोन: तलका टेलिफोन नम्बरमध्ये एउटा नम्बर प्रयोग गरेर ग्राहक सेवा प्रतिनिधिसँग सम्पर्क गर्नुहोस्:
- नेपालबाट फोन गर्नेहरू: 1 800 001 0103 (टोल फ्री) मा फोन गर्नुहोस् ।
एनसेल मोबाइल प्रयोगकर्ताहरू: तपाईंहरु लाई टोल फ्री नम्बर मा सम्पर्क गर्न असहज भएमा, निम्न टेलिफोन नम्बर प्रयोग गर्न सक्नुहुनेछ +91 124 4882630 (टोल) कृपया ध्यान दिनु होला यो टोल नम्बर +91 124 4882630 भारत मा अवस्थित छ र फोन शुल्कहरू लागू हुने छ ।
- संयुक्त राज्य अमेरिकाबाट फोन गर्नेहरू: +1 703 988 3428 मा फोन गर्नुहोस् ।
नोट: एनसेल मोबाइल प्रयोगकर्ताहरू टोल फ्री नम्बरमा जडान हुने समस्याहरूका कारण, एनसेलका उपभोक्ताहरूले माथि दिएको टोल फ्री नम्बर प्रयोग गर्न सक्दछन्, टोल फ्री नम्बर प्रयोग गरि ल्याण्डलाइन फोन, वेब कल, स्काइप, ईमेल र च्याट मार्फत ग्राहक सेवा प्रतिनिधि लाई सम्पर्क गर्न सकिन्छ।
वेब कल: तपाइँले क्रोम, फायरफक्स, सफारी 11 वा ओपेरा प्रयोग गर्दै हुनुहुन्छ भने तपाईले आफनो ब्राउजर मार्फत हामीलाई सीधा कुरा गर्न सक्नुहुन्छ। निश्चित गर्नुहोस् की तपाईंको यन्त्रमा अडियो विशेषताहरू सक्षम छन् किनभने यो अडियो कनेक्शनमा मात्र सीमित छ। सुरु गर्न को निम्ति हरियो बटनमा क्लिक गर्नुहोस्।
Skype for Business: स्काइप प्रयोग गरेर कार्यालय खुला रहने नियमित समयमा ग्राहक सेवा प्रतिनिधिसंग कुरा गर्नका लागि स्काइप सम्पर्क ustraveldocs-Nepal@ustravelhub.com लाई तपाईँको सम्पर्क सूचीमा थप्नुहोस् ।
च्याट: ग्राहक सेवा प्रतिनिधिसँग च्याट गर्नका लागि तलको इमेजमा क्लिक गर्नुहोस् । च्याट सफ्टवेयर इन्टरनेट एक्सप्लोरर 8.0, 7.0, 6 सर्भिस प्याक 2, र फायरफक्स 3.6 मा काम गर्दछ ।