अमेरिकी भिसाको लागि आवेदन गर्न | भिसा प्रकार - Nepal (Nepali)

घरेलु कर्मचारी भिसा

यो पृष्ठमा:


सिंहावलोकन

संयुक्त राज्य अमेरिकाका एउटा रोजगारदातासँगै जाने, व्यक्तिगत वा घरेलु कर्मचारीहरू B-1 भिसाको लागि योग्य हुन सक्छन्। घरेलु कर्मचारीहरुको यो वर्गमा होटल कुक, बैठके, चालक, घरेलु धाई, पत्रवाहक, नोकर, धाईआमाका सहयोगी, माली, र भुक्तानी पाउने साथीहरू समावेश हुन्छन् तर यो यतिमा मात्र सीमित छैन।

रोजगारदाताको भिसा अवस्थाको आधारमा, विदेशी कूटनीतिज्ञ वा सरकारी अधिकारीहरु जस्ता रोजगारदातासँग सामेल हुन लागेकाहरु A-3 वा G-5 भिसाको लागि योग्य हुन सक्छन्।

योग्यता

तपाईं एउटा घरेलू कर्मचारी हुनुहुन्छ र B-1 भिसाको लागि आवेदन गर्न चाहनुहुन्छ भने, तपाईंले देखाउनु पर्ने कुराहरु:

  • तपाईंको यात्राको उद्देश्य एउटा घरेलू कर्मचारीको रूपमा कामको लागि संयुक्त राज्य अमेरिका प्रवेश गर्नु हो
  • तपाईंको एउटा  खास, सीमित अवधिको लागि संयुक्त राज्य अमेरिकामा रहने योजना छ
  • तपाईंको रोजगारदाताले निश्चित योग्यता पुरा गर्दछ
  • तपाईंसँग विदेशमा सामाजिक र आर्थिक सम्बन्ध  देखाउने प्रमाण छ
  • तपाईंको संयुक्त राज्य अमेरिका बाहिर स्वदेशमा निवासको साथै अन्य बाध्यकारी सम्बन्ध छ जसले तपाईंलाई आफ्नो अनुबंधको अन्तमा स्वदेश फर्कने  सुनिश्चित गर्छ।

गैर आप्रवासी भिसा धारक सँगै जानु

यदि तपाईं एउटा घरेलू कर्मचारी हो र एउटा अमेरिकी नागरिक वा कानुनी स्थायी निवासी भएको रोजगारदाता जो संयुक्त राज्य अमेरिकामा जादैँ हुनुहुन्छ वा वा B, E, F, H, I, J, L, M, O, P, Q, वा R गैर आप्रवासी भिसा अन्तर्गत पहिले नै संयुक्त राज्य अमेरिकामा हुनुहुन्छ भने, तपाईं B-1 भिसा को लागि योग्य हुन सक्नुहुन्छ, यदि:

  • अघिल्लो रोजगारदाता देखि बयान प्रमाणित गरिएको अनुसार तपाईंको व्यक्तिगत वा घरेलु कर्मचारीको रूपमा कम्तीमा एक वर्षको अनुभव छ
    • संयुक्त राज्य अमेरिकामा तपाईंको रोजगारदाताको प्रवेशको मितिदेखि कम्तिमा एक वर्षको अघि तपाईंको रोजगारदाताले तपाईंलाई संयुक्त राज्य अमेरिका बाहिर कार्यरत गराएको छ, वा
    • तपाईंको रोजगारदाता-कर्मचारी सम्बन्ध तपाईंको रोजगारदाताको आवेदनको समयभन्दा अघिदेखि अस्तित्वमा छ, र तपाईंको रोजगारदाताले यो देखाउन सक्छ कि उसले आफ्नो आवेदनको पछि नियमित रुपमा(पूरै साल वा मौसममा) धेरै समय घरेलु सहायकहरु भर्ती गर्यो भनेर देखाउन सक्छ
  • तपाईं कुनै अन्य रोजगारदातासँग काम गर्नु हुनेछैन, र रोजगार सम्झौतामा भएका शर्तहरू अन्तर्गत संकेत गरे अनुसार तपाईँको रोजगारदाताबाट निःशुल्क आवास र आउने-जाने यात्राको निशुल्क हवाई टिकट प्राप्त गर्नु हुनेछ।

अमेरिकी नागरिक सँगै जानु

क) तपाईं एउटा घरेलू कर्मचारी हुनुहुन्छ र संयुक्त राज्य अमेरिकामा अमेरिकी-नागरिक रोजगारदाताका साथ बस्न वा सामेल हुन चाहनुहुन्छ भने B-1 भिसा वर्गीकरणको लागि योग्य हुन सक्नुहुन्छ।

  1. यदि तपाईंको अमेरिकी-नागरिक रोजगारदाता सामान्यतया संयुक्त राज्य अमेरिका बाहिर बस्छ र संयुक्त राज्य अमेरिकाको अस्थायी परिभ्रमण गर्छ भने,
  2. तपाईंको रोजगारदाता-कर्मचारी सम्बन्ध संयुक्त राज्य अमेरिकामा तपाईंको रोजगारदाताले प्रवेश गरेको कम्तीमा 6 महिना अघिदेखि हुनुपर्छ वा, वैकल्पिक रुपमा, तपाईंको रोजगारदाताले नियमित विदेशमा पनि यही क्षमतामा घरेलू सेवक भर्ती गरेको छ
  3. अघिल्लो रोजगारदाताको बयानद्वारा प्रमाणित भए अनुसार व्यक्तिगत वा घरेलु कर्मचारीको रूपमा तपाईंको अनुभव कम्तीमा एक वर्षको छ
  4. तपाईंसँग प्रवेश गर्ने पोर्टमा देखाउन आफ्नो सक्कल रोजगार सम्झौता वा रोजगार सम्झौताको प्रतिलिपी छ  जसमा तपाईँ र रोजगारदाता दुवैको सक्कल हस्ताक्षर हुनुपर्छ।

ख) तपाईंको अमेरिकी-नागरिक रोजगारदाताको रोजगार अवस्थाअनुसार दुई वर्षमा वा बारम्बार अन्तर्राष्ट्रिय स्थानान्तरण भई रहन्छ र रोजगारीको शर्तमा ६ वर्षसम्मको लागि संयुक्त राज्य अमेरिकामा बस्न गईरहेको छ। तपाईं कुनै अन्य रोजगारदातासँग काम गर्नु हुनेछैन, र रोजगार सम्झौतामा भएका शर्तहरू अन्तर्गत संकेत गरे अनुसार तपाईँको रोजगारदाताबाट निःशुल्क आवास र आउने-जाने यात्राको निशुल्क हवाई टिकट प्राप्त गर्नु हुनेछ।

ग) तपाईं र तपाईंको रोजगारदाता बीच दुवैको हस्ताक्षर भएको रोजगार सम्झौता हुनुपर्छ जस अनुसार माथि खण्ड (ख) मा उल्लेखित कुराहरुका साथै कर्मचारीले न्यूनतम वा प्रचलित ज्याला दरमा कम से कम दिनको आठ घण्टाको हिसाबमा तलब प्राप्त गर्नेछ।

अमेरिकी कानुनी स्थायी निवासी सँगै जानु

अमेरिकी कानुनी स्थायी बासिन्दा (हरियो कार्ड धारकहरु)ले कुनै पनि परिस्थितिमा B-1 भिसामा संयुक्त राज्य अमेरिकामा घरेलु कामदार ल्याउन अनुमति छैन।

B-1 भिसा धारकको लागि करार आवश्यकताहरु

घरेलु कामदारको रुपमा B-1 भिसाको लागि आवेदन गर्नेहरुले, आफू र रोजगारदाता दुवैले हस्ताक्षर गरेको रोजगार करार प्रस्तुत गर्नुपर्छ, जसमा:

  • संयुक्त राज्य अमेरिकामा तपाईंको कामको एउटा विवरण
  • तपाईंले प्रत्येक हप्ता काम गर्ने घन्टाको अवधि
  • आधिकारिक बिदा, छुट्टी र प्रति वर्ष पाउने बिरामी बिदा को दिन सङ्ख्या
  • हरेक हप्ता छुट्टी हुने नियमित दिन (हरू)
  • तपाईंले काम गर्नु हुने सबै घन्टाको भुक्तानी दर जुन राज्यमा (जो धेरै छ) संघीय व्यवस्थाको अधीनमा प्रति घंटाको प्रचलित वा न्यूनतम ज्याला हुनुपर्छ। संयुक्त राज्यमा भएको वर्तमान न्यूनतम ज्याला यहाँ पाइने छ र हाल प्रचलित ज्याला यहाँ  हेर्नसकिन्छ।
  • तपाईंले निःशुल्क खान र बास प्राप्त हुने एउटा प्रमाणीकरण
  • तपाईंको रोजगारदाताले तपाईंले रोजगारदाताको लागि काम गर्दा तपाईं सार्वजनिक शुल्क तिर्नु पर्ने छैन भनेर सुनिश्चित गरेको एउटा प्रमाणीकरण
  • तपाईंले करारमा उल्लेखि बाहेक अन्य रोजगारादाताको लागि काम नगर्ने एउटा प्रमाणीकरण
  • तपाईंको रोजगारदाताले तपाईंको  राहदानी राख्ने छैन भन्ने एउटा प्रमाणीकरण
  • तपाईं क्षतिपूर्ति बिना काम सकिए पछि कार्य परिसरमा रहनु हुने छैन भनेर बुझाउने दुवै दलबाट एउटा प्रमाणीकरण
  • तपाईंको प्रारम्भिक संयुक्त राज्य अमेरिकाको यात्रा र त्यसपछि तपाईंको अगाडिको कार्य सम्बन्धि यात्रा, वा करारको अन्तमा स्वदेशमाफर्कने यात्रा खर्चहरु दिने भन्ने रोजगारदाताको प्रमाणीकरण।

A-1, A-2, वा G-1 देखि G-4 भिसा धारक (A-3 वा G-5 भिसा) सँगै जानु

यदि तपाईं कुनै वर्गीकृत A-1 वा A-2 वा G-1 देखि G-4 को चाकर, नोकर, वा व्यक्तिगत कर्मचारी हुनुहुन्छ भने तपाईं A-3 वा G-5 भिसाको योग्य हुनुहुन्छ । तपाईंले A-3 वा G-5 भिसा (जस्तै, अघिल्लो रोजगारदाताबाट पत्र, सोहि क्षेत्रमा पूर्व रोजगारको प्रमाण आदि)को योग्यता देखाउनु प्रमाण पेश गर्नुपर्छ। कन्सुलर अधिकारीहरुले रोजगारदाताको आधिकारिक स्थिति र  रोजगारदाता-कर्मचारी सम्बन्धमा प्रवेश गर्न (वा रहन) दुवै पक्षको उद्देश्य स्थापित  भएकोमा विश्वस्त हुनु पर्छ। साथै, कूटनीतिज्ञहरू (A3) र अन्तर्राष्ट्रिय संगठन कर्मचारीहरु (G-5)का घरेलू सहायकहरुले पहिलो भिसाका लागि आवेदन गर्नुभन्दा पहिले विदेशी मिसन व्यवस्थापन सूचना प्रणाली (TOMIS)को अमेरिकी राज्य  विभाग कार्यालयमा दर्ता गर्नुपर्छ। TOMIS दर्ताको विवरणको लागि अमेरिकी राज्य विभागको विदेशी मिसन कार्यालयमा सम्पर्क गर्नुहोस्।

A-3 र G-5 भिसा निवेदकहरुको कन्सुलर अफिसरले अन्तर्वार्ता लिनुपर्छ। अपवाद बाहेक यस्ता आवेदकहरुले सामान्य आवेदन प्रक्रियाको अवलम्बन गर्नुपर्छ: A-3 र G-5 भिसा आवेदकहरुले भिसा आवेदन शुल्क तिर्दैनन्।

कन्सुलर अफिसरले A-3 वा G-5 आवेदकले प्राप्त गर्ने ज्यालादर, रोजगारको क्षेत्रको तुलनामा र सार्वजनिक शुल्कको लागि पर्याप्त हुन्छ र यो ज्याला उचित हो भनी सन्तुष्ट हुनुपर्छ। यस्तो भिसाको आवेदनमा रोजगारदाता र कर्मचारीको हस्ताक्षर भएको एउटा रोजगार अनुबंध/करार समावेश हुनुपर्छ।

A-3/G-5 भिसा धारकको लागि करार आवश्यकताहरु

A-3 वा G-5 भिसाको लागि आवेदन गर्ने घरेलु कामदारको रुपमा, तपाईं र तपाईंका रोजगारदाता दुवैले हस्ताक्षर गरेको रोजगार करार प्रस्तुत गर्नुपर्छ, जसमा:

  • तपाईंलाई राज्य / संघीय न्यूनतम वा प्रचलित ज्याला द्वारा, जुन धेरै हुन्छ, क्षतिपुर्ति गरिनेछ भन्ने ग्यारेण्टी। संयुक्त राज्यमा भएको वर्तमान न्यूनतम ज्याला यहाँ पाइने छ र हाल प्रचलित ज्याला यहाँ पाउन सकिन्छ।
  • रोजगारको पहिलो 90 दिन पछि, सबै ज्यालाको भुक्तानी चेक द्वारा वा तपाईंको बैंक खातामा विद्युतीय स्थानान्तरण द्वारा गरिनु पर्छ । तपाईंको बैंक खातामा रोजगारदाताको वा उनको परिवारका सदस्यहरूको पहुँच हुनु हुँदैन।
  • रोजगारदाता एउटा विदेशी कूटनीतिज्ञ हो भने, सँगै बस्ने-घरेलु सहयोगीहरूले प्रचलित अभ्यास अन्तर्गत, आफ्नो तलबको अतिरिक्त निःशुल्क बस्ने कोठा पाउनुपर्छ
  • तपाईंको रोजगारदाताको लागि काम गर्दा कुनै अन्य रोजगार स्वीकार नगर्ने तपाईं द्वारा प्रतिज्ञा
  • तपाईंको राहदानी रोजगारदाताले नराख्ने प्रतिज्ञा र दुवै पक्षले कामदारले क्षतिपूर्ति बिना काम सकिए पछि कार्य परिसरमा रहन नपाउने भनेर बुझेको विवरण
  • प्रक्रियाको लागि अनुबंध आवश्यक छ किनकि यसले तपाईंलाई कुनै काम वा मानव अधिकार संरक्षण खोज्न सक्ने एउटा रूपरेखा प्रदान गर्दछ। तपाईंको रोजगारदाताले संयुक्त राज्य अमेरिकाको लागि र त्यसपछि उसको यताको कार्यभार, वा जिम्मेवारीको समापनमा सामान्य निवास वा तपाईंको देश फर्किनको लागि तपाईंको प्रारंभिक यात्रा खर्च तिर्नुपर्छ।

आवेदन आइटम

B-1, A-3 वा G-5 भिसाको लागि आवेदन गर्न तपाईंले निम्न पेश गर्नुपर्छ:

  • एउटा गैर आप्रवासी भिसा इलेक्ट्रोनिक आवेदन (DS-160) फारम। DS-160 को अझ बढी जानकारीको लागि DS-60 वेबपेज हेर्नुहोला।
  • संयुक्त राज्य अमेरिकामा रहने तपाईंको अभीष्ट अवधि (देश विशेष सम्झौता छुट प्रदान नभएसम्म) देखि कम्तीमा छ महिना पछिसम्म वैध राहदानी। तपाईंको राहदानीमा एक भन्दा बढी व्यक्ति समावेश छन् भने, भिसा लिन चाहने प्रत्येक व्यक्तिले आवेदन बुझाउनु पर्छ;
  • पछिल्लो छ महिना भित्र लिइएको एउटा (1) 2"x2" (5सेमीx5सेमी) आकारको फोटो। यो वेब पेजमा आवश्यक फोटो प्रारूपको बारेमा जानकारी छ।
  • B-1 प्रवेशको लागि मात्र: स्थानीय मुद्रामा भुक्तानी गरिएको तपाईंको फिर्ता नहुने गैर आप्रवासी भिसा आवेदन प्रशोधन शुल्कको भुक्तानी देखाउने एउटा रसीद। यो वेब पेजमा यो शुल्क तिर्न अझ बढी जानकारी छ। भिसा जारी गरियो भने, तपाईंको राष्ट्रियताको आधारमा अतिरिक्त भिसा जारी रेसिप्रोसिटि शुल्क हुन सक्छ। अमेरिकी राज्य विभागको वेबसाइट ले तपाईंलाई भिसा जारी गरेको रेसिप्रोसिटि शुल्क तिर्न र शुल्क राशि कति छ भन्ने विषयमा तपाईंलाई खोज्न मद्दत गर्न सक्छ।
  • तपाईंको रोजगारदाताको अमेरिकी भिसा वा संयुक्त राज्य अमेरिका प्रवेश गर्न प्रयोग गर्ने अन्य तरिकाको एउटा प्रतिलिपि (रोजगारदाताको भिसा छूट देशको राहदानी वा अमेरिकी राहदानी)
  • उपरोक्त सबै आवश्यकताहरु पूरा गर्ने तपाईं र तपाईंको रोजगारदाता दुवैले हस्ताक्षर गरेको रोजगार करार,
  • A-3 र G-5 आवेदकको लागि मात्र: प्रमुखको रोजगारको स्थिति, प्रस्थानको मिति, यात्राको उद्देश्य र संयुक्त राज्य अमेरिकामा बस्ने अवधिको पुष्टि गरेको एउटा मौखिक नोट। मौखिक नोटमा कर्मचारीको नाम सूची र रोजगारदाताको नाम वा आधिकारिक अवस्था दिनुपर्छ। यसले प्रस्थानको मिति, यात्राको उद्देश्य, र संयुक्त राज्यमा बस्ने अवधिको पनि निर्दिष्ट गर्नुपर्छ। A-3 र G-5 आवेदकले आवेदन शुल्क तिर्नु आवश्यक छैन।

यी वस्तुहरू साथै, तपाईंले यो सेवा मार्फत अन्तर्वाता निर्धारण गरेको पुष्टि गर्नका लागि अन्तर्वाता पुष्टि पत्र प्रस्तुत गर्नुपर्छ। तपाईंले कन्सुलर अफिसरलाई प्रदान गरेका जानकारीको समर्थन गर्ने अन्य कागजात ल्याउन सक्नुहुन्छ।

DS160 फारम: हरेक साक्षात्कारले नयाँ DS160 आवेदनपत्र भिसाकाे लागि नयाँ आवेदनपत्र भर्न आवश्यक छ भिसा अन्तर्वार्ता काे लागि।

कसरी आवेदन गर्ने

चरण 1

गैर आप्रवासी भिसा इलेक्ट्रोनिक आवेदन (DS-160) फारम पूरा गर्नुहोस्।

चरण 2

भिसा आवेदन शुल्क तिर्नुहोस्।

चरण 3

यो वेब पेजमा तपाईंको भिसा अन्तर्वाता तय गर्नुहोस्। तपाईंलाई आफ्नो अन्तर्वाता तय गर्न निम्न जानकारीको आवश्यकता पर्नेछ:

  • तपाईंको राहदानी नम्बर ।
  • तपाईंको भिसा शुल्क तिर्नु भएको  रसीद नम्बर । तपाईंलाई यो नम्बर प्राप्त गर्न मद्दत चाहिन्छ भने यहाँ क्लिक गर्नुहोस्।
  • तपाईंको DS-160 पुष्टि पृष्ठबाट दश (10) अंकको बारकोड नम्बर।
चरण 4

अमेरिकी दूतावासमा तपाईंको भिसा अन्तर्वाताको मिति र समयमा पुग्नुहोस्। तपाईंले आफ्नो भिसा अन्तर्वाता पुष्टि पत्र, तपाईंको DS-160 पुष्टि पृष्ठ, पछिल्लो ६महिना भित्र लिइएको एउटा फोटोग्राफ र हालको र सबै पुराना राहदानीहरु ल्याउनु पर्छ। यी सबै वस्तुहरुको बिना आवेदन स्वीकार गरिने छैन।

सहायक कागजात

सहायक कागजातहरु कन्सुलर अफिसरले तपाईंको अन्तर्वातामा विचार गर्ने धेरै कारणहरू मध्ये एक हो। कन्सुलर अधिकारीहरुले निर्णयको समयमा प्रत्येक आवेदन लाई अलग्गै हेर्छन् र व्यावसायिक, सामाजिक, सांस्कृतिक र अन्य पक्षलाई विचार गर्छन्। कन्सुलर अधिकारीहरुले तपाईंको खास मनसाय, पारिवारिक अवस्था र तपाईंको दूरदर्शी योजना र स्वदेश भित्रका सम्भावना विचार गर्छन्। प्रत्येक मामला अलग अलग जाँच गरिन्छ र व्यवस्थाको अधीनमा हरेकलाई ध्यान दिइन्छ।

सावधान: झूटा कागजात प्रस्तुत नगर्नुहोस्। ठगी वा गलत प्रतिनिधित्वको परिणाम भिसाको स्थायी अयोग्यता हुन सक्छ। गोपनीयताको ख्याल भएमा, तपाईंले अमेरिकी दूतावासमा तपाईंका कागजात खाममा बन्द गरेर ल्याउन सक्नुहुन्छ। अमेरिकी दूतावासले कसैलाई तपाईंको जानकारी उपलब्ध गराउदैन र तपाईंको जानकारीको गोपनीयताको आदर गर्नेछ।

तपाईंले आफ्नो भिसा अन्तर्वाताका लागि निम्न कागजातहरु ल्याउनु पर्नेछ:

  • प्रतिज्ञा गरेको ज्याला तिर्न सक्ने तपाईंको रोजगारदाताको क्षमताको प्रमाण। नोट: तपाईं एउटा A-3 वा G-5 भिसाको लागि आवेदन गर्दै हुनुहुन्छ भने, रोजगारदाताले सल्लाहकार वा तलको एउटा कूटनीतिक पद धारण गरेको छ भने मात्र यो लागू हुनेछ।
  • संयुक्त राज्य अमेरिकामा तपाईंको प्रवास अस्थायी हुनेछ भन्ने कुरा प्रमाण।
  • थप जानकारीको लागि अमेरिकी राज्य विभागकोवेबसाइट हेर्नुहोस्।

थप जानकारी

A-3, B-1,र G-5 भिसाको बारेमा बढी जानकारीका लागि, अमेरिकी राज्य विभागकोवेबसाइटमा हेर्नुहोस।