अमेरिकी भिसाको लागि आवेदन गर्न | भिसा प्रकार - Nepal (Nepali)

कार्य भिसा

यो पृष्ठमा:


सिंहावलोकन

यदि तपाईं अस्थायी रूपमा अमेरिकामा काम गर्न चाहनुहुन्छ भने, अमेरिकी अध्यागमन कानुन अन्तर्गत, तपाईंले कामको प्रकारमा आधारित छुट्टै भिसा लिनुपर्छ । प्रायः जसो अस्थायी कामदार वर्गको लागि, अमेरिकामा हुनेवाला रोजगारदाता वा एजेन्टले याचिका (petition) दर्ता गर्नुपर्छ जुन अमेरिकी नागरिकता र अध्यागमन सेवा (USCIS) द्वारा अनुमोदित गरिनु पर्छ ।

H, L, O, P र Q भिसाहरुका लागि सबै आवेदकहरुको USCIS तर्फबाट स्वीकृत याचिका हुनुपर्छ। तपाईंले अमेरिकी दूतावासमा कार्य भिसाको लागि आवेदन गर्नु अघि याचिका, फारम I-129, अनुमोदित भइ सकेको हुनु पर्छ। तपाईंको निवेदन अनुमोदित भएपछि, तपाईंको रोजगारदाता वा एजेन्टले एउटा कार्य सूचना, फारम I-797, प्राप्त गर्नेछ, जसले तपाईंको निवेदन अनुमोदित भएको सूचनाको रूपमा काम गर्नेछ। कन्सुलर अफिसरले तपाईंको भिसा अन्तर्वाताको समयमा अमेरिकी राज्य विभागको याचिका सूचना व्यवस्थापन सेवा (PIMS)को माध्यमबाट तपाईंको निवेदन अनुमोदन भएको प्रमाणित गर्नेछ।

तपाईंले आफ्नो याचिका आवेदन अनुमोदन प्रमाणित गर्न अमेरिकी दूतावासमा भिसा अन्तरवार्ताका बेला आफ्नो I-129 निवेदन रसीद नंबर साथै ल्याउनु पर्छ। कृपया ध्यान राख्नुहोस् कि याचिका अनुमोदन भएता पनि तपाईं अमेरिकी अध्यागमन कानुन अन्तर्गत भिसाका लागि अयोग्य भएको पाइयो भने भिसा जारी गरिने ग्यारेन्टी छैन।

भिसा विवरण र योग्यता

H-1B (विशेष पेशा)

तपाईँ संयुक्त राज्य अमेरिका जानु पूर्व नै मिलाइएको व्यावसायिक रोजगारमा काम गर्न जादैँ हुनुहुन्छ भने, तपाईँलाई H-1B भिसाको आवश्यकता पर्छ । योग्य हुनका लागि जुन विषय सम्बन्धि काम खोज्नु भएको छ, त्यसैको विशिष्ट विशेषता भएको विषयमा स्नातक वा उच्च डिग्री (वा समानान्तर डिग्री) प्राप्त गरेको हुनु पर्छ। USCIS ले तपाईंको काम विशेष पेशा अन्तर्गत पर्छ/पर्दैन र त्यो काम गर्न योग्य हुनुहुन्छ/हुनुहुन्न भन्ने तय गर्दछ। तपाईंको रोजगारदाताले, तपाईँको रोजगारी अनुबन्धनको नियम र शर्तहरुको सम्बन्धमा श्रम विभाग अन्तर्गत श्रम अवस्था आवेदन गर्नु आवश्यक छ।

H-1B1 सन्धि-आधारित अस्थायी कार्य भिसाहरू

चिली र सिंगापुरसँग हस्ताक्षर गरिएका अन्तर्राष्ट्रिय सम्झौताले चिली र सिंगापुरका नागरिकहरूलाई केही परिस्थितिमा संयुक्त राज्यमा अस्थायी रूपमा काम गर्न अनुमति दिन्छ। केवल चिली र सिंगापुरका नागरिकहरू मुख्य आवेदक हुन योग्य हुन्छन्, यद्यपि उनीहरूका श्रीमती र छोराछोरी अन्य देशहरूको नागरिक हुन सक्छन्।

H-1B1 भिसाका आवेदकहरुसँग पहिले नै संयुक्त राज्यमा आफूले चुनेको क्षेत्रमा रोजगारीको प्रस्ताव हुनु पर्दछ, तर रोजगारदाताले गैरआवासीय कर्मचारीका लागि फारम I-129 मा फाइल गर्न आवश्यक छैन, र आवेदकलाई भिसा आवेदन पेश गर्नु अघि स्वीकृतिको सूचना फारम I-797 प्राप्त गर्नु पनि आवश्यक पर्दैन। तथापि, भिसाको लागि आवेदन गर्नु अघि आवेदक द्वारा श्रम विभागसँग विदेशी श्रम प्रमाणिकरणका लागि फाइल आवेदन गर्न आवश्यक छ। H-1B1 भिसा सम्बन्धि थप जानकारीको लागि, कृपया https://travel.state.gov/content/travel/en/us-visas/employment/temporary-worker-visas.html मा जानुहोस्।

H-2A (मौसमी कृषि श्रमिकहरु)

एउटा H-2A भिसाले अमेरिकी रोजगारदातालाई अमेरिकी कामदारहरू उपलब्ध नभएकाले अस्थायी कृषि श्रमिकका रुपमा विदेशी नागरिकहरुलाई संयुक्त राज्य अमेरिकामा ल्याउने अनुमति दिन्छ। यदि तपाईँ कृषि श्रम वा अस्थायी जागिर वा मौसमी प्रकृतिका कृषि कार्य गर्न चाहनुहुन्छ भने H-2A गैर आप्रवासी वर्गको भिसा लागू हुन्छ । अमेरिकी रोजगारदाताले (वा संयुक्त रोजगारदाताको नाउँमा अमेरिकी कृषि उत्पादकहरुको एउटा संघ) ले तपाईंको तर्फबाट, फारम I-129, गैर आप्रवासी कामदार याचिका फाइल गर्नुपर्छ ।

H-2B भिसा (दक्ष र अदक्ष कामदार)

अमेरिकी कामदारहरूको कमी रहेको अवस्थामा, अस्थायी वा मौसमी प्रकारको काम गर्न संयुक्त राज्य अमेरिका जान चाहनु हुन्छ भने यो भिसा आवश्यक छ। तपाईंको रोजगारदाताले तपाईंले निवेदन गर्नु भएको रोजगारको लागि कुनै योग्य अमेरिकी कामदार नपाएको पुष्टि गर्दै श्रम विभागको प्रमाणीकरण प्राप्त गर्न आवश्यक छ।

H-3 (प्रशिक्षार्थी)

तपाईं दुई वर्षसम्मको अवधिको लागि स्नातक शिक्षा वा प्रशिक्षण वाहेक  कुनै पनि क्षेत्रमा रोजगारदाताबाट प्रशिक्षण प्राप्त गर्न संयुक्त राज्य अमेरिका जानुहुन्छ भने H-3 भिसाको आवश्यक पर्छ। तपाईंले आफ्नो प्रशिक्षणको लागि भुक्तानी प्राप्त गर्न सक्नु हुन्छ र "हेन्डस् अन" काम अधिकृत गरिन्छ। प्रशिक्षण फलदायी रोजगारी उपलब्ध गराउन प्रयोग गर्न सकिँदैन र तपाईंको आफ्नो देशमा उपलब्ध हुन सक्दैन।

H-4 (आश्रित)

यदि तपाईं वैध H भिसाको प्रमुख धारक हुनुहुन्छ भने, तपाईंको पति वा पत्नी (21 वर्ष मुनिका) अविवाहित बच्चाहरुले संयुक्त राज्य अमेरिकामा तपाईंसंग जानका लागि H-4 भिसा प्राप्त गर्न सक्छन्। तर, तपाईंका पति/पत्नि वा बच्चाहरुलाई संयुक्त राज्य अमेरिकामा काम गर्न अनुमति छैन।

L-1 (अन्तर-कम्पनी स्थानान्तर)

यदि तपाईं अन्तर्राष्ट्रिय कम्पनीको कर्मचारी हुनुहुन्छ भने र तपाईंलाई अस्थायी रूपमा संयुक्त राज्य अमेरिकामा नै भएको कम्पनीको मुख्य कार्यलयमा, सम्बद्ध, वा सहायक कार्यलयमा सरुवा गरिएको छ भने L-1 भिसा आवश्यक छ। अन्तरराष्ट्रिय कम्पनी अमेरिकी वा विदेशी संगठन हुन सक्छ। L-1 भिसाको लागि योग्य हुन तपाईं प्रबन्धक वा कार्यकारी तहमा हुनुपर्छ, वा यस्ता कुनैमा विशेष ज्ञान भएको र अमेरिकी कम्पनी भित्र एउटा पदले सुशोभित हुनुपर्छ। यदपी, यस्ता पदहरुमा पहिले कार्यरत हुनैपर्छ भन्ने चाहिं जरुरी छैन। साथै, तपाईंलाई संयुक्त राज्य अमेरिकामा प्रवेशको लागि आफ्नो आवेदन गरेका अघिल्लो तीन वर्ष भित्रमा कम्तिमा एक वर्षको लागि संयुक्त राज्य अमेरिका भन्दा बाहिर रहेर अन्तर्राष्ट्रिय कम्पनीमा कार्यरत हुनुपर्छ। अमेरिकी कम्पनी वा सम्बद्ध कम्पनीले तपाईंको लागि USCIS बाट एकमुष्ठ वा व्यक्तिगत आधारमा अनुमोदित याचिका प्राप्त गरेपछि मात्र,  तपाईँले L-1 भिसाको लागि आवेदन गर्न सक्नुहुन्छ।

L-2 (आश्रित)

यदि तपाईं वैध L भिसाको प्रमुख धारक हो भने, तपाईंको पति/पत्नी वा  अविवाहित सन्तान (21 वर्ष मुनिका) ले यो व्युत्पन्न भिसा प्राप्त गर्न सक्छन्। व्यवस्थामा हालै परिवर्तन भएको कारण, तपाईंको पति/पत्नीले रोजगार प्राधिकरण खोज्न मिल्दैन । तपाईंको पति/पत्नी स्वयमले L-2 भिसामा संयुक्त राज्य अमेरिका प्रवेश गर्नुपर्दछ र I-765 (USCIS बाट प्राप्त) फारम आवेदन शुल्क सहित पेश गर्नुपर्छ । तपाईंको सन्तानलाई संयुक्त राज्य अमेरिकामा काम गर्ने अधिकार हुदैँन।

O

O वर्गको भिसा विज्ञान, कला, शिक्षा, व्यापार र एथलेटिक्समा असाधारण क्षमता भएकाहरुलाई वा चलचित्र र टेलिभिजन क्षेत्रमा असाधारण उपलब्धि हासिल गरेका अनि तिनका सहयोगी कर्मचारीहरूलाई जारी गरिन्छ।

P (कलाकारमनोरंजन प्रदाताहरु)

P वर्गको भिसा संयुक्त राज्य अमेरिकामा प्रदर्शनी गर्नका लागि आउने केही खेलाडी, कलाकारहरू, मनोरंजन प्रदाता र तिनका आवश्यक सहयोगी कर्मचारीहरुलाई जारी गरिन्छ।

Q

तपाईं व्यावहारिक तालिम, रोजगार, र इतिहास, संस्कृति, र आफ्नो देशका परम्पराहरू आदान-प्रदानको उद्देश्य लिएर अन्तर्राष्ट्रिय सांस्कृतिक आदान-प्रदान कार्यक्रममा सहभागी हुनका लागि संयुक्त राज्य अमेरिकाको यात्रा गर्दै हुनुहुन्छ भने Q भिसा आवश्यक पर्छ। तपाईंको कार्यक्रम प्रायोजकले तपाईंको तर्फबाट याचिका दायर गर्नुपर्छ र यो याचिका USCIS द्वारा अनुमोदित हुनु पर्छ।

कहिले आवेदन गर्ने

अमेरिकी दूतावासले तपाईंको H, L, O, P वा Q भिसा आवेदनको प्रक्रिया तपाईंको I-797मा उल्लेखित रोजगार आरम्भ हुने मिति देखि 90 दिन पूर्व गर्न सक्छ। तथापि, यात्राको योजना बनाउदा, कृपया याद राख्नुहोस् कि संघीय नियमहरुको कारण तपाईंको I-797मा उल्लेखित आरम्भ मिति भन्दा दस दिन पूर्व मात्र भिसा प्रयोग गरि संयुक्त राज्य अमेरिका प्रवेश गर्न सक्नुहुन्छ।

आवेदन आइटमहरु

तपाईंले H, L, O, P, वा Q भिसाको लागि आवेदन गर्दै हुनुहुन्छ भने, निम्न कुराहरु पेश गर्नुपर्छ:

  • गैर आप्रवासी भिसा इलेक्ट्रोनिक आवेदन (DS-160) फारम। DS-160 को थप जानकारीको लागि DS-160 वेबपेज हेर्नुहोला।
  • संयुक्त राज्य अमेरिकामा रहने तपाईंको अभीष्ट अवधि (देश विशेष सम्झौता छुट प्रदान नभएसम्म) देखि कम्तीमा छ महिना पछिसम्म वैध राहदानी। तपाईंको राहदानीमा एक भन्दा बढी व्यक्ति समावेश छन् भने, भिसा चाहने प्रत्येक व्यक्तिले आवेदन बुझाउनु पर्छ;
  • पछिल्लो छ महिना भित्र लिइएको एउटा (1) 2 "x2" (5सेमीx5सेमी) आकारको फोटो। यो वेब पेजमा आवश्यक फोटो प्रारूपको बारेमा जानकारी छ।
  • स्थानीय मुद्रामा भुक्तानी गरिएको तपाईंको फिर्ता नहुने गैर आप्रवासी भिसा आवेदन प्रशोधन शुल्कको भुक्तानी रसीद। यो वेब पेजमा यो शुल्क तिर्ने सम्वन्धि अझ बढी जानकारी छ। । भिसा जारी गरियो भने, तपाईंको राष्ट्रियताको आधारमा अतिरिक्त भिसा जारी रेसिप्रोसिटि शुल्क तिर्नु पर्ने हुन सक्छ। अमेरिकी राज्यविभागको वेबसाइटले तपाईंलाई भिसा जारी गरेको रेसिप्रोसिटी शुल्क तिर्न र शुल्क राशि कति छ भन्ने विषयमा तपाईंलाई मद्दत गर्न सक्छ।
  • तपाईं ब्लाङ्केट याचिकाको एउटा L-1 आवेदक हुनुहुन्छ भने, तपाईंले धोखाधडी रोकथाम र पहिचान शुल्क (यो शुल्कको अझ बढी जानकारी यहाँ छ) तिर्नुपर्छ।
  • रसीद नंबर तपाईंको अनुमोदित I-129 निवेदनमा छापिएको छ।

यी वस्तुहरू साथै, तपाईंले यो सेवा मार्फत भिसा अन्तर्वाता निर्धारण गर्नु भएको पुष्टि गर्नका लागि भिसा अन्तर्वाता पुष्टि पत्र प्रस्तुत गर्नुपर्छ। तपाईंले कन्सुलर अफिसरलाई प्रदान गरेका जानकारीको समर्थन गर्ने अन्य कागजात ल्याउन सक्नुहुन्छ।

DS160 फारम: DS160 आवेदन पुनः प्रयोग गर्न मिल्दैन । आवेदकले प्रतेक पल्ट भिसा अन्तर्वातामा उपस्थित हुदाँ नयाँ DS160 आवेदनपत्र भरेर आउनु पर्छ ।

कसरी आवेदन गर्ने

चरण 1

गैर आप्रवासी भिसा इलेक्ट्रोनिक आवेदन (S-160) फारम पूरा गर्नुहोस्।

चरण 2

भिसा आवेदन शुल्क तिर्नुहोस्।

चरण 3

यो वेब पेजमा तपाईंको भिसा अन्तर्वाता मिति निर्धारण गर्नुहोस्। तपाईंलाई आफ्नो भिसा अन्तर्वाता मिति निर्धारण गर्न निम्न जानकारीको आवश्यकता पर्नेछ:

  • तपाईंको राहदानी नंबर ।
  • तपाईंले भिसा शुल्क तिर्नु भएको रसीद नंबर । तपाईंलाई यो नंबर प्राप्त गर्न मद्दत चाहिन्छ भने यहाँ क्लिक गर्नुहोस्।
  • तपाईंको DS-160 पुष्टि पृष्ठबाट दश (10) अंकको बारकोड नंबर ।
चरण 4

अमेरिकी दूतावासमा तपाईंको भिसा अन्तर्वाताको मिति र समयमा पुग्नुहोस्। तपाईंले आफ्नो भिसा अन्तर्वाता पुष्टि पत्र, तपाईंको DS-160 पुष्टि पृष्ठ, पछिल्लो ६ महिना भित्र लिइएको एउटा फोटोग्राफ र हालको र सबै पुराना राहदानी आफू साथै ल्याउनु पर्छ। यी सबै आइटमहरु बिनाको आवेदन स्वीकार गरिने छैन।

सहायक कागजात 

तपाईँले माथि उल्लेखित आइटमहरुका साथै यो सेवाबाट निर्धारण गर्नु भएको भिसा अन्तर्वाता पुष्टि पत्र, अन्तर्वातामा प्रस्तुत गर्नुपर्छ । कन्सुलर अधिकारीलाई प्रदान गरिएको जानकारीलाई समर्थन गर्ने किसिमको सहायक कागजातहरु पनि आफू साथ ल्याउन सक्नुहुन्छ ।

सावधानझूटा कागजात प्रस्तुत नगर्नुहोस्। ठगी वा गलत प्रतिनिधित्वको परिणाम भिसाको स्थायी अयोग्यता हुन सक्छ। गोपनीयताको ख्याल भएमा, तपाईंले अमेरिकी दूतावासमा तपाईंका कागजात खाममा बन्द गरेर ल्याउन सक्नुहुन्छ। अमेरिकी दूतावासले कसैलाई तपाईंको जानकारी उपलब्ध गराउदैन र तपाईंको जानकारीको गोपनीयताको आदर गर्नेछ।

कन्सुलर अधिकारीहरुले प्रतेक आवेदनलाई अलग्गै हेर्छन् र व्यावसायिक, सामाजिक, सांस्कृतिक र अन्य पक्षलाई विचार गर्छन् । कन्सुलर अधिकारीहरुले तपाईंको खास मनसाय, पारिवारिक अवस्था र तपाईंको दूरदर्शी योजना र स्वदेश भित्रका सम्भावना विचार गर्छन्। प्रत्येक मामला अलग्गै जाँच गरिन्छ र व्यवस्थाको अधीनमा हरेकलाई ध्यान दिइन्छ।

तपाईं पहिलो पल्ट भिसा आवेदन गर्ने आवेदक हुनुहुन्छ भने, तपाईंले आफ्नो भिसा अन्तर्वातामा निम्न कागजातहरु ल्याएर समय बचाउन सक्नुहुन्छ:

  • कुनै पनि विश्वविद्यालय डिग्री सहित तपाईंको रोजगार योग्यताको प्रमाण।
  • वर्तमान र अघिल्लो रोजगारदाताद्वारा दिइएको सक्कल पत्र जसमा तपाईँले काम गर्नु भएको पद र परियोजनाहरुका साथै रोजगारदातासँग काम गर्नुभएको समयावधिको विस्तृत विवरण होस्।
  • यदि तपाईं अहिले  H-1B अवस्थमा काम गर्दै हुनुहुन्छ भने, आफ्नो यस वर्षको तलब भुक्तानी रसीद र तपाईँ संयुक्त राज्य अमेरिकामा कार्यरत रहनु भएको सबै वर्षको संघीय कर रिटर्न (IRS फारम 1040 र W-2) पेश गर्नुहोस्। तपाईंले ल्याउनुपर्छ:
    • तपाईंको वर्तमान वा सबै भन्दा पछिल्लो रोजगारीको तलब भुक्तानी रसिद
    • तपाईंको रोजगारीको वर्तमान र अघिल्लो ठाउँको प्रबंधकहरुका नाउँ र फोन नम्बर
    • तपाईंको रिज्युम वा CV

आश्रितहरु

तपाईंका आश्रितहरुले कुनै पनि गैर आप्रवासी भिसा आवेदनको लागि सबै आवश्यक कागजातहरुका साथै निम्न कुराहरु ल्याउनु पर्छ :

  • सक्कल विवाह प्रमाणपत्र (तपाईंको जोडीको लागि) र/वा जन्म प्रमाणपत्र (21 वर्ष मुनिका अविवाहित बच्चाहरुको लागि), यदि लागू भएमा
  • तपाईंको रोजगार जारी रहेको पुष्टि गर्ने तपाईँको रोजगारदाताले दिइको पत्र
  • यदि तपाईंको जोडी अहिले H-1B  भिसामा अमेरिकामा काम गर्दै हुनुहुन्छ भने, वँहाको यस वर्षको तलब भुक्तानी रसीद र संयुक्त राज्य अमेरिकामा H-1B  भिसामा कार्यरत रहनु भएको सबै वर्षको संघीय कर रिटर्न (IRS फारम 1040 र W-2)।

थप जानकारी

H, L, O, P र, Q भिसाको थप जानकारीको लागि अमेरिकी राज्य  विभागको गर्नुपर्छ अस्थायी मजदुर वेबपेज हेर्नुहोस।