(अद्यावधिक: अक्टोबर ११, २०२३)
अक्टोबर १, २०२२ अघि जारी गरिएको मेसिन-रिडेबल भिसा (MRV) शुल्कहरूको भुक्तानीका लागि सबै रसिदहरू, सेप्टेम्बर ३०, २०२३ बाट म्याद सकिएको छ। शुल्क वैधताको समय लम्बाउने छैन। नयाँ शुल्क तिर्नबाट बच्नको लागि आवेदकहरूले सेप्टेम्बर ३०, २०२३ अघि नै अन्तर्वार्ता लिसको हुनुपर्छ वा अन्तर्वार्ता छूट आवेदन पेश गरेको हुनुपर्छ। यदि तपाईंले MRV शुल्क अक्टोबर १, २०२२ मा वा पछि तिर्नु भयोको छ भने, तपाईंले आफ्नो MRV भुक्तानी मितिको एक वर्ष भित्र अन्तर्वार्ता को समय निर्धारण गरेको हुनुपर्छ। कृपया ध्यान दिनुहोस् कि शुल्क तिरिसकेको एक वर्ष भित्र अन्तर्वार्ता हुनुपर्छ भन्न आवश्यक छैन। तर,अन्तर्वार्ताको मिति नियुक्ति प्रणालीमा निर्धारण गरेको हुनुपर्छ चाहे त्यो मिति एक वर्ष पछिको किन नहोस। यसबाहेक, अपोइन्टमेन्ट बुक गर्न अक्टोबर १, २०२२अघि तिरेको MRV शुल्क प्रयोग गर्ने आवेदकहरूलाई अक्टोबर १, २०२२ वा पछिको अन्तर्वार्ता मितिहरू परिवर्तन गर्ने प्रयास नगर्न सचेत गरिनछ । त्यसो गर्दा मूल अन्तर्वार्ता स्लट र MRV शुल्क रसिद दुवै जफत हुनेछ। आवेदकले नयाँ शुल्क तिर्नुर नयाँ आवेदन प्याकेज पेश गर्नुपर्नेछ।
(पुरानो)
अक्टोबर १, २०२२अघि जारी गरिएको मेसिन-रिडेबल भिसा (MRV) शुल्कहरूको भुक्तानीका लागि सबै रसिदहरू, सेप्टेम्बर ३०, २०२३ बाट समाप्त हुनेछ। शुल्क वैधताको समय लम्बाउने छैन। आवेदकहरूले नयाँ शुल्क तिर्नबाट जोगिनको लागि सेप्टेम्बर ३०, २०२३अघि अन्तर्वार्ता तालिका वा अन्तर्वार्ता छूट आवेदन पेश गर्नुपर्छ। कृपया ध्यान दिनुहोस् कि अन्तर्वार्ता आफैं सेप्टेम्बर 30, 2023 अघि लिनु आवश्यक छैन, तर एक अन्तर्वार्ता प्रणालीमा बनाइनु आवश्यक छ, यद्यपि यो आगामी महिनाहरूको लागि निर्धारित गरिएको छ। यसबाहेक, अन्तर्वार्ता बुक गर्न अक्टोबर १, २०२२ अघि तिरेको MRV शुल्क प्रयोग गर्ने आवेदकहरूलाई अक्टोबर १, २०२२ वा पछिको अन्तर्वार्ता मितिहरू परिवर्तन गर्ने प्रयास नगर्न चेतावनी देखिन्छ। त्यसो गर्दा मूल अन्तर्वार्ता स्लट र MRV शुल्क रसिद दुवै जफत हुनेछ। आवेदकले नयाँ शुल्क तिर्न र नयाँ आवेदन प्याकेज पेश गर्न आवश्यक हुनेछ।
गैरआप्रवासी भिसा धारक यात्रा: यात्रुहरूले संयुक्त राज्य अमेरिकाको उडानमा चढ्न स्वीकृत COVID-19 लगाइएको प्रमाण देखाउनु पर्दैन। थप जानकारीको लागि, https://wwwnc.cdc.gov/travel/page/before-travel मा हर्नुहोला
आप्रवासी भिसा आवेदकहरू: अमेरिकी अध्यागमन कानूनले आप्रवासी भिसा आवेदकहरूले आप्रवासी भिसा जारी गर्नु अघि निश्चित खोपहरू प्राप्त गर्न आवश्यक छ। थप जानकारीको लागि https://travel.state.gov/content/travel/en/us-visas/immigrate/vaccinations.html मा हर्नुहोला
भिसा मुद्दाहरू र संयुक्त राज्य अमेरिकाको यात्रा सम्बन्धी अमेरिकी राज्य विभागबाट नवीनतम जानकारीको लागि, कृपया: https://travel.state.gov/content/travel/en/News/visas-news.html मा हर्नुहोला
सबै अमेरिकी भिसा आवेदकहरूको लागि, मई १, २०२३ देखि, प्रिमियम डेलिभरी शुल्क लाइ संशोधन गरी ने.रु. ६०० -प्रति राहदानी/कागजात गरिने छ, जुन NIMB को प्रिमियम डेलिभरी क्यास काउन्टरमा नगदमा भुक्तान गर्न सकिन्छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइटलाई सन्दर्भ गर्नुहोस्।
भिसा अन्तर्वाता को मिति तपाईँको I-20 फारममा लेखिएको शैक्षिक कार्यक्रम शुरु हुनु भन्दा ३६५ दिन भित्र तय गर्न सकिन्छ । यदि तपाइँको भिसा स्वीकृत भएमा, तपाइँको I-20 फारम मा लेखिएको मिति भन्दा ३० दिन अगाड़ी संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न सक्नुहुन्न। संयुक्त राज्य अमेरिकामा तपाइँको प्रारम्भिक प्रवेश तपाइँको भिसामा उल्लेखित विद्यालयमा उपस्थित हुनकै लागि हुनुपर्नेछ। भिसामा उल्लेख भएको बाहेकको विद्यालयबाट I-20 फारम लिएर कुनै प्रारम्भिक प्रवेश गर्न खोज्छ वा अर्को संस्थामा जाने अभिप्राय संकेत गर्छ भने उसलाई पोर्ट अफ एन्ट्री (POE) मा अध्यागमन निरीक्षकले प्रवेश निषेचित गर्न सक्छ ।
नेपालमा रहेका आवेदकहरूले अब connectIPS ई–पेमेन्ट प्रणाली प्रयोग गरी इलेक्ट्रोनिक फन्ड ट्रान्सफर -ईएफटी_ भुक्तानी माध्यम मार्फत मेसिन रिडेबल भिसा -एमआरभी_ शुल्क तिर्न सक्नेछन् । यद्यपि शुल्कहरू अमेरिकी डलरमा उल्लेख गरिएको भएपनि नेपाली रुपैयाँमा (NPR) भुक्तानी गर्न सकिनेछ । (EFT) शुल्क तिर्नको लागि कुनै पनि डेबिट ÷ क्रेडिट कार्डहरू स्वीकार गरिने छैनन\ । थप जानकारीको लागि, कृपया यो लिङ्कमा जानुहोस् ।
कन्सुलर बिनिमयदर नियमित चलिआएको दरको आधारमा संशोधन गरिन्छ । भुक्तानी गर्नु अघि कृपया आफ्नो डिपोजीट पृष्टमा देखिएको भिसा शुल्क हालको भिसा शुल्क पृष्टको क्युलर बिनिमयदरसँग मेल खाए वा नखाएको हेर्नुहोस् ।

नेपालका लागि अमेरिकी भिसा सूचना सेवामा स्वागत छ। यस साइटमा अमेरिकी आप्रवासी र गैर आप्रवासी भिसा बारे तथा भिसा आवेदन सम्बन्धि आवश्यक जानकारी उपलब्ध छ। तपाईँले आफ्नो भिसा शुल्क कसरी तिर्ने र अमेरिकी दूतावास काठमाडौं, नेपालमा भिसा अन्तर्वाताका लागि मिति तय गर्ने सम्बन्धि जानकारी पनि पाउनु हुनेछ।
यो नेपालमा अमेरिकी मिशन को आधिकारिक भिषा जानकारी वेबसाइट हो।
गैर-आप्रवासी भिसासम्बन्धी जानकारी
- भिसा प्रकार
- भिसा शुल्क
- बैङ्क र भुक्तानी विकल्पहरू/मेरो भिसा शुल्क भुक्तानी
- फारम DS-160 सम्बन्धी जानकारी
- पर्खाईको समय
- फोटाहरु र औंलाछापहरू
- भिसा छूट कार्यक्रम
- सुरक्षा नियम
गैर आप्रवासी भिसा आवेदन
- भिसाको लागि आवेदन
- बैङ्क र भुक्तानी विकल्पहरू/मेरो भिसा शुल्क भुक्तानी
- मेरो DS-160 पूरा गर्न
- मेरो अपोइन्टमेन्ट निर्धारण
- मेरो पासपोर्ट ट्रयाक गर्नुहोस्
- शीघ्र अपोइन्टमेन्टका लागि आवेदन गर्नुहोस्
- अन्तर्वार्ता छुट र भिसा नवीकरण
- आईएनए २२१ (जी) अन्तर्गत अस्वीकृत आवेदन
आप्रवासी भिसा जानकारी
- आप्रवासी भिसा जानकारी
- K-भिसा आवेदक
- एक्स्पडाइटेड (द्रुत) र मेडिकल होल्ड केसहरू
- स्वास्थ्यकर्मी र रोजगारीमा आधारित आप्रवासी भिसा
- मेरो आप्रवासी / डाइभर्सिटी भिसा अपोइन्टमेन्ट पुन निर्धारण गर्न
- मेरो आप्रवासी भिसाको याचिका(पेटिशन) अवस्था जाँच गर्न
- आप्रवासी भिसा पर्खिने समय
- मेरो पासपोर्ट ट्रयाक गर्नुहोस्
- आईएनए २२१ (जी) अन्तर्गत अस्वीकृत आवेदन
स्थानीय भिसा कार्यक्रममा
- यात्रा संयोजक
- समूह अपॉइंटमेंट नियुक्ति
- कूटनीतिक तथा सरकारी अधिकारीहरू
- १४ वर्ष मुनिका वा ८० वर्ष वा सो भन्दा माथिका आवेदकहरूको लागि भिसा